6th April 2025

आदर्निय सम्पूर्ण केन्ट तामाड़ ह्युल्वामा ल्हास्सो फ्याफुल्जि 🙏

मञ्जुश्री सम्बत २८६१ औं सोनाम ल्होछार (डुल ल्हो / सर्प वर्ग) post meeting तथा सम्पूर्ण आय-व्यय तथा खर्च विवरण साथै New coordinator चयन बारे । 

06 April 2025  Palri Ling Gumba मा भएको बैठकको सम्पूर्ण Meeting minutes तथा हिसाब किताब विवरण तल प्रकासित attached files मा सप्रेसन गरिएको छ यहाँहरुले हेर्न सक्नुहुनेछ धन्यवाद । 

वास्तम्वमा समाज किन ? संस्कार केको लागी ? र म व्यक्ति कस्को लागि ? भन्ने बारेमा हामी सबै दुविधामा  परि रहदा यसको  एउटै उत्तर हुन्छ कि हाम्रो पहिचान र सार्वभौमता कायम गरि भावी सन्ततिलाई हस्तान्तरण । यस कुरालाई मनन गदै केन्ट तामाङ ह्युल्बालाई भविष्यमा स्थानीय मुद्दाहरूलाई सम्बोधन गर्न,

सहयोगलाई प्रोत्साहन गर्न र लोकतान्त्रिक सहभागितालाई सुदृढ पार्न, अन्ततः समुदायका सबै सदस्यहरूको लागि राम्रो परिणाम ल्याउन र प्रभावकारी कामलाई सक्षम बनाउन मान्यता प्राप्त संस्थामा स्तरोन्नति गरिनुपर्छ भन्ने कुरामा सहमति दिदै समिति गठन गरि केन्ट तामाङ् ह्युल्बालाई संस्थागत रुपमा अगि बढाउने निर्णय यस बैठकले पारित गरिएको छ । हालको संयोजक टिमले साधरण सभाको आव्हान गरि समिति चयनको प्रक्रिया अधि बढाउने जानकारी गराउन चहान्छु । यस विषयमा छिट्टै नै साधरण सभाको मिति तथा वृस्तित जानकारी यहाँहरु समक्ष प्रस्तुत गरिने छ । यसर्थ यहाँहरुको समाज प्रति निस्वार्थ तथा अमूल्य योगदानको लागि सक्रिय सहभागिताको अपिल गदछौं । केन्ट तामाङ ह्यूल्बालाई यहाँहरुको अतिनै खाँचो रहेको छ धन्यवाद । 

Account 2025

Minutes of the Meeting

Coordinator Kent Tamang Hyulba 

Jaya Tamang


0 Comments

Leave a Reply

Avatar placeholder