14.01.2023,

लण्डन, तामाङ् जातिहरुको महान पर्व मन्जु श्री सम्वत २८५९ औ सोनाम ल्होछार कार्यक्रम,बिबिध सांस्किर्तिक एवम धार्मिक कार्यक्रमको  साथमा भब्य  रुपमा  मनाइएको छ ।2023 जनवरी 14 तारिखमा केन्ट तामाङ्   ह्युल्वाले आयोजना  गरेको उक्त सोनाम ल्होछार  कार्यक्रममा बाघ बर्गलाई  सम्मानको साथ बिदाइ गर्दै  बिरालो (खरायो) बर्गलाई धुमधाम,तामाङ्   गाजा  बाजा,टुङ्ग्ना र डम्फुको साथमा स्वागत गरिएको  थियो ।

बौद्दमार्गी तामाङ्  जातिहरु आफ्नो परम्परागत मुल्य मान्यतालाई  कायम राख्दै कार्यक्रमको सुरुवातमा,बिधिपुर्वक भगवान  बुद्दको प्राथर्न  गरिएको थियो । बुद्दिस्ट कम्यूनिटी केन्टको वर्तमान  सचिव कविराज घिसिङको नेतिर्त्वमा उपस्थित हुनु भएका महानुभवहरु सँग मिलेर ,सम्पूर्ण   प्राणी जगतको  कल्याण एवम सफल ल्होछार कार्यक्रमको  कामना गर्नुहुँदै साङ् सेर्केम पूजा गरिएको थियो ।जेष्ठ नागरिक मेन सिरी तामाङ्को हातबाट दिप  प्रज्वलन गरी कार्यक्रमलाई  औपचारिक रुपमा   उदघाटन  गरिएको थियो। दिप प्रज्वलन  अवधिमा कार्यक्रम आयोजकका सम्पूर्ण सदस्यहरुले   वहाँको साथमा ताली बजाउदै २८५९ औ तामाङ्     ल्होछार,बिरालो बर्गलाई भब्य  रुपमा स्वागत गरिएको थियो ।

कार्यक्रममा बुद्धिस्ट केन्ट  यु. के का पुर्व अध्यक्ष शान्ती स्याङ्बो   तामाङ्ले स्वागत मन्तव्य राख्नु भएको  थियो ।  वहाँले मन्तव्य  राख्ने क्रममा   उपस्थिति सम्पूर्ण महानु  भवहरूलाई स्वागत एवम् २८५९ औ सोनम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको   थियो ।  2015 (मन्जु श्री संवत २८५१)देखी सोनाम ल्होछार कार्यक्रमलाई  केन्ट तामाङ्  ह्युल्वाले मनाइदै आएको र विगत केही बर्ष   यता  यस क्षेत्रमा   बसोबास  गर्ने तामाङ्  समुदाय् माझमा   परौपकारी कार्यक्रमलाई  अगाढी बढाउदै  सुख:  र दु:खमा एकले  अर्कालाई सहयोग पुर्याउदै, आएको   कुरा जानकारी गराउनु भएको थियो ।  स्थानिय  सजक व्यक्तित्व  जय तामाङ्ले, तामाङ् भाषामा कविता वाचन गर्दै, सोनाम ल्होछारको सुन्दरताको वर्णन  गरी, घाम र जुन सँग तामाङ् सभ्यता र संस्किर्तिको तुलाना गरिएको    थियो ।  कार्यक्रमलाई  रोचक बनाउन थुप्रै   सास्कृतिक   कार्यक्रमहरु पस्किएर कार्यक्रम संचालिकाद्वय् बसन्ती तामाङ्  र दिक्षा  घिसिङ तामाङ्ले वाहावाही बटुल्न  सफल भएका थिए ।  सोहीक्रममा कलाकार सुबास तामाङ् र  सरिना गुरुङको जोडीले, उत्कृष्ट तामाङ्  सेलो नीर्त्य  देखाउदै   सबैलाई मन्त्रमुग्ध पार्न सफल भएका थिए ।  यसैगरी Way   Taekwondo of  Ashford का 3rd डान बिद्यार्थीहरु जेबिन तामाङ्, शिखर तामाङ्  र लोप्साङ शेर्पाको समुहले  आफ्नो Taekwondo  खेल कौसल प्रदर्शन गरेर स्याबसी बटुलेका  थिए ।  कार्यक्रममा नेपालको प्रख्यात  सेलो  गायिका  सानु वाइवाको उपस्थितीले कार्यक्रम, थप् उर्जाशिल एवम रोचक बनेको थियो ।  वहाँले  आफ्नै बहुचर्चित सेलो गीत,माथि माथि लेकमा ,म्हेन्दोमाया गीत ,हालसालै युट्युबमा रिलिज गरिएको   नयाँ गीत,डम्फुको ताक्धिन तालैमा लगायत  अन्य थुप्रै     सेलो गीतहरु गाएर भरपुर मनरोन्जन दिलाउन  सफल हुनु भएको थियो ।  पोखराको बहुचर्चित  गायक सुमन  तामाङ् तथा वहाँको समुह च्याङ्बा ब्यान्डका सयोंजक  होशेर तामाङ् र सदस्यहरुले  स्टेजमा live Band मार्फत आगो नै लगाएको थियो ।  केही आफ्ना   र केही बहुचर्चित  गीतहरु गाएर  सबै दर्शकलाई नचाऊन  सफल गायक सुमनको अवाज् र कलालाई सम्मान गर्दै दर्शकको माझ बाट बारम्बार  once more को आवाज गुन्जिरहेको थियो ।  कार्यक्रममा अन्य थुप्रै  स्थानिय कलाकारहरुले आ -आफ्नो कला प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल हुनु भएको थियो ।  

कार्यक्रमको  अबधिमा केन्ट ह्युल्वाको तर्फ बाट,नेपाल आर्मिका रिटाएर्ड आर्मी लेप्टिनेन कर्णेल  अमर राज थिङ तामाङ्, Tamang  society  of  UK का पुर्व अध्यक्ष कविराज घिसिङ र वहाँको धर्मपत्नी  शान्ती तामाङ्ले UK आर्मीमा  हालसालै क्याप्टेन पदमा पद्दोत्नती भएका क्याप्टेन  जितेन्द्र तामाङ्, क्याप्टेन सुरेन्द्र तामाङ्,कलर सर्जेन्ट अर्जुन तामाङ् र सर्जेन्ट  राजु तामाङ्लाई खतक (खादा)लगाएर  सम्मान गरिएको थियो ।  यसैगरी बिभिन्न बिषयमा ग्र्याजुएसन एवम मास्टर गरेका स्थानिय   तामाङ्  बिद्यार्थीहरु, मैत्री घिसिङ तामाङ्, डिच्छेन घिसिङ तामाङ्,दिक्षा घिसिङ तामाङ्,सेलिना तामाङ्,शान्ती तामाङ्, अमिशा तामाङ् र  सुबास्  थोकर तामाङ्लाई केन्ट ह्युल्वाको तर्फ बाट हौसला स्वरुप खतक (खाद) लगाएर   सम्मान एवम प्रसंसा पत्र बितरण गरिएको थियो। कार्यक्रममा Way Taekwondo  of  Ashford  बेलायतका Director इस्ट तामाङ्ले रफाइल ticket गराइ  भरपुर  मनरोन्जन  दिलाएको थियो ।  कार्यक्रमको  अन्त्यमा केन्ट  ह्युल्वाद्वरा   आयोजना  गरिएको मन्जु श्री सम्वत २८५९ औ सोनाम ल्होछार   कार्यक्रमको  संयोजक रक्षा बहादुर योन्जन तामाङ् द्वरा आफ्नो मन्तव्य  व्यक्त गर्नुभएको   थियो ।  वहाँले  यसरी सबैजना   एकै ठाउमा जम्मा भएर ल्होछारको  शुभकामना  अदान प्रदान गर्न पाउनु आँफैमा सुनौलो   अवसर रहेको बताउदै  उपस्थिति सबैलाई २८५९ ल्होछार बिरालो  बर्गको शुभकामना व्यक्त गर्नुभएको थियो ।  साथै  प्राचिन कालदेखी नै मनाइदै  आएको सोनाम ल्होछार पर्वको महत्वबारे चर्चा गर्दै तामाङ्  सभ्यता  र संस्किर्ति विश्वमा नै एक पुरानो सभ्यता   भएको र यस सभ्यता   सँग जोडीएको  एक पात्रा हुन पाउदा गौरवन्तित  महसुस  भएको कुरा व्यक्त गर्दै ,पुर्खाले आर्जेको सभ्यता र संस्किर्ति नै हामी तामाङ्  जातिका  लागि बहुमुल्य सम्पत्ति हो र यसलाई जोगाऊदै हाम्रो नयाँ पिढीलाई हस्तान्तरण्  गर्नु हाम्रो प्रमुख्  दायित्व  हो ।

 केन्ट ह्युल्वाद्वारा आयोजना गरेको कार्यक्रममा सहयोग गर्नेहुने सम्पूर्ण   सहयोगि   हातहरु, Sponsers, बिशिष्ट  पाहुनाहरु, सकृय रुपमा   काम गर्नुहुने  सम्पूर्ण  सदस्यहरु, कार्यक्रमको  संचालिकाद्वय् वसन्ती तामाङ् र दिक्षा  घिसिङ तामाङ्,फूड आइ. सि.चित्र गोम्देन तामाङ् र सुधा  योन्जन , DJ जय लोप्चन, राफयल  आइ .सि  इस्ट लोप्चन, Decoration आइ. सि.सुमित्रा  तामाङ्  र अस्मिता  तामाङ्, Media अमर राज थिङ  तामाङ्  र सुजन योन्जन तामाङ् ,सास्कृतिक   कार्यक्रमको  सयोंजक मन्जु तामाङ्, दिलमाया घिसिङ, राधिका लोप्चन, मिना तामाङ्, फुलमान योन्जन तामाङ्, ज्ञान थोकर, विबेक स्याङबो,तामाङ् र जीना तामाङ्  लगायत कार्यक्रममा प्रत्यक्ष   अप्रत्यक्ष  सहयोग पुर्‍याउनु हुने सबैलाई धन्यवाद   व्यक्त  गर्दै कार्यक्रम भव्य रुपमा  समापन भएको घोषणा  गरिएको थियो।                               

– सुजन योन्जन तामाङ्  Ashford


4 Comments

Leave a Reply

Avatar placeholder