बेलायतमा तामाङ् समुदयाले २८६० औ सोनाम ल्होछार पर्व मनाए

5 Feb 2024 Sujan Tamang Ashford,
3 Feb 2024
बेलायत केन्ट,आशफोर्डको साइमन्ड हलमा केन्ट तामाङ् ह्युल्वाद्वरा आयोजना गरेको २८६० औ मन्जु श्री सम्वत एवम बृहत सास्कृतिक कार्यक्रमको साथमा सोनाम ल्होछार पर्व (डुक ल्हो) भव्य रुपमा सम्पन्न ।  
लामा गुरु खेन्पो निमा घिसिङ ज्युको नेतिर्त्वमा,मानव जाती लगायत सबै प्राणीहरुको लागी सद्भभाव राखेर,वहाँहरुको सूखि जिवनको कामना गर्नु हुँदै ग्रह शान्ती पूजा गर्नु भएको थियो । सबैप्राणीले समान रुपमा आफ्नो जीवन व्यतित गर्ने अधिकार छ त्यसैले तिनै लोकमा भएका सबै प्राणीहरुलाई दया माया र करुणाको भावनाले हेरिनु पर्दछ भन्ने उदेश्य बोकेर,बौद्द परम्परा अनुसार पूजा पाठ र आरधना (मोलम)गर्नु भएको थियो । मोलम कार्यक्रम सकिए लगत्तै खेन्पो निमा घिसिङ ज्युको हात बाट उपस्थिति भक्तजनहरुले वाङ (दर्शन )ग्रहण गरेका थिए ।
कार्यक्रमलाई औपचारिकता दिने क्रममा सगरमाथा गोर्खा नेप्लिज कम्यूनिटीको भुतपुर्व अध्यक्ष श्री भाष्कार तितुङको ममतामयी आमा र वहाँको धर्मपत्नी अमृता योन्जन तामाङ्को ममतामयी सासुआमा, जेष्ठ नागरिक टिका कुमारी तामाङ्को हात बाट दिप प्रज्वलन गरी गर्नु भएको थियो । 
कार्यक्रमको औपचारिकता सुरु भए लगत्तै समाजसेवी एवम हाल बुद्धिस्ट केन्ट युकेको उपाध्यक्ष,केन्ट तामाङ् ह्युल्बाको पुर्व सयोंजक स्थानिय श्री रक्षा बहादुर योन्जन तामाङ्ले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । वहाँले,पुर्खाहरुले जोगाएर ल्याएको ल्होछार पर्वलाई,हामीले सम्मान पुर्वक जोगाएर नयाँ पुश्तालाई हस्तान्तरण् गर्नु हामी सबैको जिम्मेवार र दायित्व बन्दछ भन्ने कुरामा जोड दिनु भएको थियो । साथै तामाङ ल्हो चक्रको बारेमा प्रस्ट्याउदै यसको महत्वको बारेमा उल्लेख गर्नु भएको थियो । आफ्नो मन्तव्यको क्रममा सोनाम ल्होछार पर्वको शुभकामना दिनु हुँदै, कार्यक्रम सफल्ता पुर्वक सम्पन्न होस् भनि शुभकामना मन्त्यव व्यक्त गर्नु भएको थियो ।
सोनाम ल्होछार कार्यक्रमको संचालकद्दय,पोखराका चर्चित मोडलिङ प्रतियोगिताको प्रथम रनर् अप, बिबेक स्याङ्बो तामाङ् र जिना योन्जन तामाङ्को आगमन सँगै सास्कृतिक कार्यक्रमहरु एकपछी अर्को सेलो प्रस्तुतीहरु लिएर स्थानिय कलाकारहरुले बेजोड निर्त्यकला देखाउदै दर्शकहरुलाई भरपुर मनरोन्जन दिलऊन सफल भएका थिए । एकसमय यस्तो पनि थियो, पूजा पुन, इन्दिरा थापा र युवी थापाको समुहले ,जुत्तामा हेर्दा ठुलोमा हेर, बुहारी हेर्दा सानोमा हेर भन्ने बोलको तामाङ् सेलो निर्त्य प्रस्तुतीलाई,वान्स मोर वान्स मोरको अवाजले कार्यक्रम हलभरी गुन्जयमान थियो । Way Taekwondo Of Ashford का खेलाडिहरु, अल्बिना गुरुङ, शिखर तामाङ्, जेविन तामाङ्, आभाम पारीयार, रोबिन् राइ र आर्जेन तामाङ्को समुहले Taekwondo खेलको उत्कृष्ट कला र कौसल देखाएर दर्शकहरुलाई मनरोन्जन दिलाउन सफल भएका थिए ।  
निर्त्यकलाको प्रस्तुती सकिए लगत्तै, अरेली काडैले च्वास्सै च्वास्सै, प्रथम पुरस्कार सुनको औठी बसायो ह्वास्सै ह्वास्सै,भन्दै छोटो मुक्तक(टुक्का) लिएर सृस्‍टि योन्जन तामाङ् राफल टिकट संचालिकाको रुपमा मंचमा आइपुग्दा कार्यक्रमको माहोल नै रमणिय बनेको थियो । सबैजनाले आ- आफ्नो भाग्यमा प्रथम पुरस्कार पर्ने होकी भनेर कौतुहल्ता बोकिरहेको समयमा संचालिका सृस्‍टिले छोटो मिठो टुक्का लगाउदै, अझ थप् रोचक र दर्शकहरुको ध्यानकर्षण आफुतिर तान्ना सफल भएकि थीइन ।  
कार्यक्रममा मेडिस्टोन, फोकस्टोन, आशफोर्ड र युकेको विभिन्न क्षेत्रबाट मानिसहरुको बाक्लो सहभागीता रहेको थियो । सबैजना महानुभवहरुले तामाङ् भेषभुषामा सजिएर कार्यक्रममा आइ रहँदा,आफ्नो सस्किर्ति र मौलिकतालाई सम्मानको साथ अपनाइएको देखेर,जोकोहीले गर्व महसुस गर्न सक्ने बातावरण बनेको थियो । यसैगरी वि सि सि केन्ट युकेको पुर्व अध्यक्ष एवम तामाङ् सोसाइटी अफ युकेको पुर्व उपाध्यक्ष शान्ती स्याङ्बो, समाजसेवी रिटाएर्ड कर्णेल अमरराज थिङ, तामाङ्सोसाइटी अफ युकेको पुर्व सचेतक फुलमान योन्जन, मगर संघ युकेको वर्तामान अध्यक्ष सिता पुन, सगरमाथा गोर्खा नेप्लिज कम्यूनिटीको पुर्व अध्यक्ष भाष्कार तितुङ तामाङ्, सगरमाथा नेप्लिज महिला कम्यूनिटीको पुर्व अध्यक्ष अमृता तामाङ् लगयातका विशिष्ट व्यक्तीहरुको बाक्लो उपस्थितिले कार्यक्रमको शोभा बढेको थियो। 
बेलायतको चर्चित व्यान्ड प्राज्नको होसेर तामाङ् र सुमन तामाङ्को समुहले लाईभ कन्सर्ट मार्फत विभिन्न चर्चित गीतहरु गाएर सबैजनालाई नचाउन सफल भएका थिए । चरी भरर , ल्होछारको दिनमा नाचौ फरर भन्ने गीतमा शायद कम्मर नभाच्ने कोही थिएन होला ।
कार्यक्रमको अन्त्यमा केन्ट तामाङ् ह्युल्बाले आयोजना गरेको २८६० औ मन्जु श्री सम्वत एवम सोनाम ल्होछार कार्यक्रमको सयोंजक इस्ट तामाङ् ज्युले सम्पूर्ण सहयोगि हातहरु, फोटोग्राफर, साहयोगि दाताहरु(sponsers)हल डेकोरेशन सहयोगी,डीजे, फुड आईसी र सल्हाकारहरुलाई एकमुष्ठ धन्यवाद व्यक्त गर्नु भएको थियो । वहाँले अन्त्यमा ल्होछारको शुभकामना दिनुहुँदै कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको घोषणा गर्नु भएको थियो ।

Videos of Sonam Lhochhar 2860


0 Comments

Leave a Reply

Avatar placeholder