बेलायतमा सोनाम ल्होछार धुमधामका साथ मनाइयो ।

Sujan Tamang Ashford Kent,


केन्ट ह्युल्वाद्वरा आयोजना गरेको २८५६ औ मन्जु श्री सम्वत एवम बृहत सास्कृतिक सोनाम ल्होछार पर्व (जिवा ल्हो) बेलायतको आश्फोर्ड अवस्थित साइमन् हलमा भव्यताको साथ सम्पन्न भएको छ ।

स्थानिय समय अनुसार विहना १० बजे लोपेन ला सोनाम लामा गुरु द्वरा शुभ-आरम्भ गरिएको उक्त कार्यक्रममा,बौद्द परम्परा अनुशार् ब्रह्मान्डमा रहेका सम्पूर्ण प्राणी जगतको ग्रह दशा शान्ती गरिनुको साथै उपस्थित सम्पूर्ण महानुभव् हरुलाई पंच अमृत प्रदान गर्नुहुँदै शुभ आशिर्वाद दिनु भ्एको थियो ।

स्थानिय तामाङ् भाषा र सस्किर्तिका ज्ञाता श्री कृतिमान स्याङ्वो तामाङ् ज्युले स्वागत मन्तव्य राख्नु भ्एको थियो । वहाँले आफ्नो मन्तव्यको क्रममा मन्जु श्री सम्वत एवम सोनाम ल्होछार पर्वको महत्व र बिशेषतालाई व्याख्य गर्नु भएको थियो । सोही क्रममा “भाषा हराए धर्म मेटिएर जान्छ धर्म हराए जाती र जातित्व नै हराएर जान्छ “ जस्ता अत्यन्तै महत्वपूर्ण उक्तिहरु राख्दै सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण उपस्थित तामाङ्हरुलाई लामा, तान्वा, गान्वा र वोम्बोले गर्ने कार्यहरु बारे प्रस्ट पार्नुहुँदै तान्वा र गान्वा समिती गठन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

केन्टमा ल्होछारको आयोजना गर्ने धार्मिक समुह थुग्छे छेन्पो मणी छोक्पाले स्थानिय क्षेत्रमा गर्दै अाइरहेको विबिध धार्मिक कार्यक्रमलाई भुतपुर्व नेपाल सेना कर्णेल श्री अमर थिङ तामाङ् ज्युले आफ्नो भिडियोमा कैद गरी उत्कृष्ट रुपमा डकुमेन्टरी बनाइ सबै माझमा प्रस्तुत गर्नु भएको थियो ।

सु-प्रसीद्द म्हेन्दो माया गायिका रमला पाख्रिन र पोखराको प्रख्यात गायक सुमन तामाङ्ले आ- आफ्नो वेजोड प्रस्तुतिको साथमा दर्शकहरुको वाह् वाही बटुल्दै भरपुर मनरोन्जन दिलाउन सफल भएका थिए । साथमा स्थानिय कलाकारहरुले उत्कृष्ट नीर्त्य एवम गायन प्रस्तुत गरेका थिए ।

स्थानियहरुको बाक्लो उपस्थिले कार्यक्रममा तामझाम् निकै देख्न पाइन्थ्यो । प्राय सबैजना तामाङ्हरु तामाङ् भेष भुषामा सजिएर आएको हुँदा लाग्थ्यो नेपालको कुनै तामाङ् गाउमा धुमधाम ल्होछार मनाइरहेको छ । तामाङ् कला र सस्कृति झल्कने उक्त कार्यक्रममा बेलायतको गौरवशाली सस्था बि सि सि केन्टका पदधिकारीहरुको बाक्लो सहभगिता रहेको थियो । वहाँहरुको उपस्थितिलाई स-गौरव स्वागत गर्दै थुग्छे छेन्पो मणी छोक्पाका पुर्व सयोजक शान्ती श्याङ्बो वर्तमान सयोजक मन्जु तामाङ् र कोष्ध्यक्ष राधिका लोप्चन ज्युले ,तामाङ् टोपी र खतक लगाएर उच्च सम्मान प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यतिर Way Taekwondo का Master Ista Lopchan ज्युले भाग्य चिट्ठ खेल खेलाउनु भएको थियो । वहाँले भाग्य चिट्टाको पुरस्कारका लागि सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुको नाम सुनाउदै बिशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व ग्रहण अग्रच श्री डिल्लिराज तामाङ् ज्युले गर्नु भएको थियो । यसैगरी कार्यक्रमको संचालन,धार्मिक कार्यअवधीभरी बुद्द धर्म र तामाङ् रिमठिमका ज्ञाता एवम बौद्धिक व्यक्तित्व श्री कविराज घिसिङ ज्यु र मनरोन्जनात्मक अवधीभरी राजेश हमालको नक्कल गरेर मनरोन्जन दिलाउन सफल नक्कली राजेश हमाल श्री श्याम तमाङ ज्युले गर्नु भएको थियो । अन्त्यमा कोक्टैल् डान्सका साथमा कार्यक्रम समापन गरिएको थियो ।


60 Comments

Leave a Reply

Avatar placeholder